Erani Mahal
पाल्पामा भेराेसेल खाेप : ३ हजार ७ सय बढीले लगाए, पहुँचवालाले पनि पाए खाेप !
khop1
पाल्पा – पाल्पामा कोरोना बिरुद्धको भेरोसेल खोप ३ हजार ७०७ जनाले लगाएका छन् । जिल्लाभर ६२–६४ उमेर समूहका तीन हजार ७०७ जनाले कोरोना बिरुद्धको भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत जेठ २५, २६ र २७ गते जिल्लाभर नै भेरोसेल खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले ६२–६४ उमेर समूहका ४ हजार ३२६ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८५ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । जिल्लामा प्राप्त ४ हजार १०० डोज खोप आएको थियो । प्रदेश सरकारले लुम्विनी मेडिकल कलेज प्रभासलाई थप २५० डोज खोप उपलब्ध गराएको थियो । ४ हजार १०० मध्ये अब ६१५ डोज खोप बाँकी रहेको छ । बाँकी खोप जिल्लाखोप समन्वय समितिको निर्णय अनुसार गरिने सूचना अधिकारी पन्थीले बताउनुभयो । जिल्लामा ६० देखि ६४ उमेर समूहका मानिसलाई खोप लगाउने भनिएपछि खोप अपुग भएपछि ६२–६४ उमेर समूहकालाई मात्र खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीले जानकारी दिनुभयो । धेरै खोप लगाएका पालिकामा खोप दुरुपयोग भएको आशंका यसैबीच जिल्लाको विभिन्न स्थानमा लक्षित समूहभन्दा बाहिरका व्यक्तिले समेत कोरोना बिरुद्धको भेरोसेल खोप लगाएका छन् । भनसुन र पहुँचका आधारमा कर्मचारी तथा जनप्रतिनिधिका आफन्तले भेरोसेल खोप लगाएको गुनासो आएको छ । जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा रामपुर, तिनाउ, बगनासकाली र तानसेन लगायतका स्थानमा कोरोनाको खोप दुरुपयोग भएको प्रश्न उठेको थियो । [caption id="attachment_18891" align="alignnone" width="768"] स्राेत : स्वास्थ्य कार्यालय पाल्पा । [/caption] स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले भने घुमाउरो पारामा खोप दुरुपयोग भएको नभई लक्ष्य शतप्रतिशत देखिएको बताउनुभयो । आफूहरूले गरेको अनुगमनका क्रममा कही कतै पनि खोप दुरुपयोग भएको नपाएको तर पछि बदमासी भएको गुनासो आएको उहाँले बताउनुभयो । सरकारले नै स्थानीय तहलाई कोरोना बिरुद्धको खोप लगाउने जिम्मेवारी दिएकाले बदमासी भए सम्बन्धित पालिका नै जिम्मेवार हुनुपर्ने स्वास्थ्य कार्यालयको भनाई छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update