Erani Mahal
पाल्पाको निषेधाज्ञा खुकुलो : अब के खुल्ने के नखुल्ने हेर्नुहोस् आदेश सहित !
nised3 copa y
पाल्पा- पाल्पा जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थप दुई हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका निणर्य अनुसार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जारी निषेज्ञाज्ञा थप गर्नुभएको हो । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो । जारी निषेधाज्ञा आज राती १२ बजेसम्मको लागि थियो त्यसमा १२ दिन थप भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने निणर्य भएको उहाँले बताउनुभयो । असार १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने निषेधामा केही खुकुलो बनाउने निणर्य भएको छ । पाल्पामा अहिले कोरोना जाँच भएका ७५६ जना विरामीहरु विभिन्न आइसोलेशन केन्द्रमा उपचाररत रहेका छन् । बैठकले अत्यावश्यक सामग्रीको विक्री तरकारी, खाध्यान्न लगायतका पसलहरु १० बजेसम्म खुल्नेमा ११ बजेसम्म पुर्याएको छ । यस्तै बैंक तथा वित्तिय संस्था १० बजेसम्मबाट ११ बजेसम्म पुर्याएको छ । यस अघि बन्द रहेको पुस्तक पसलहरु समेत विहान ११ बजेसम्म खुल्ने भएका छन् । शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजिकरणका लागि पुस्तक पसल समेत खोल्ने निणर्य भएको हो । यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ । हेर्नुहोस् प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश ः पाल्पामा निषेधाज्ञामा खुकुलो : पुस्तकपसल, खाध्यान्न र बैंक ११ बजेसम्म खुल्ने ! पाल्पामा जारी निषेधाज्ञा थप्ने डिसिसिएमसिको निणर्यमा के छ ? पाल्पाको निषेधाज्ञा असार १२ गतेसम्म लम्बियो
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update