X
2350
Shares

पाल्पामा निषेधाज्ञामा खुकुलो : पुस्तकपसल, खाध्यान्न र बैंक ११ बजेसम्म खुल्ने !

रानीमहल संवाददाता || ३१ जेष्ठ २०७८,सोमबार १०:१२

पाल्पा- पाल्पा जिल्लामा जारी निषेधाज्ञा थप दुई हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थानप समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले जारी निषेज्ञाज्ञा थप गर्नुभएको हो ।

गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो । जारी निषेधाज्ञा आज राती १२ बजेसम्मको लागि थियो त्यसमा थप भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने निणर्य भएको उहाँले बताउनुभयो । असार १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने निषेधामा केही खुकुलो बनाउने निणर्य भएको छ ।

बैठकले अत्यावश्यक सामग्रीको विक्री तरकारी, खाध्यान्न लगायतका पसलहरु १० बजेसम्म खुल्नेमा ११ बजेसम्म पुर्याएको छ । यस्तै बैंक तथा वित्तिय संस्था १० बजेसम्मबाट ११ बजेसम्म पुर्याएको छ ।

यस अघि बन्द रहेको पुस्तक पसलहरु समेत विहान ११ बजेसम्म खुल्ने भएका छन् । शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजिकरणका लागि पुस्तक पसल समेत खोल्ने निणर्य भएको हो ।

यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ ।
हेर्नुहोस् डिसिसिएमसिको निणर्य ः

पाल्पामा जारी निषेधाज्ञा थप्ने डिसिसिएमसिको निणर्यमा के छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys