Erani Mahal
पाल्पामा जारी निषेधाज्ञा थप्ने डिसिसिएमसिको निणर्यमा के छ ?
ddd
पाल्पा- पाल्पा जिल्लामा जारी निषेधाज्ञा थप दुई हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थानप समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले जारी निषेज्ञाज्ञा थप गर्नुभएको हो । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो । जारी निषेधाज्ञा आज राती १२ बजेसम्मको लागि थियो त्यसमा थप भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने निणर्य भएको उहाँले बताउनुभयो । असार १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने निषेधामा केही खुकुलो बनाउने निणर्य भएको छ । बैठकले अत्यावश्यक सामग्रीको विक्री तरकारी, खाध्यान्न लगायतका पसलहरु १० बजेसम्म खुल्नेमा ११ बजेसम्म पुर्याएको छ । यस्तै बैंक तथा वित्तिय संस्था १० बजेसम्मबाट ११ बजेसम्म पुर्याएको छ । हेर्नुहोस् डिसिसिएमसिको निणर्य ः
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update