Erani Mahal
सिद्धार्थ राजमार्गकाे झुम्सामा माेटरसाइकल र ट्रक ठाेक्किदा  दुई जना घाइते
accident palpa
पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा मिनि ट्रक र मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । तिनाउको झुम्सामा लु १ क १३१५ नम्बरको मिनि ट्रकले बिपरीत दिशाबाट आइरहेको लु ३२ प ७११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा मोटरसाइकलमा सवार रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९, बस्ने ३७ वर्षका विष्णु पाण्डे र गुल्मी जिल्ला रुरु गाउँपालिका–५, वस्ने ३६ वर्षका सीता पाण्डे रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते दुबैजना प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । [caption id="attachment_14854" align="alignnone" width="768"] प्रतिनिधि तस्विर ।[/caption] प्रहरीले मिनि ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षम रामेश्वर त्वातीले जानकारी दिनुभयो । आइतबार दिउँशो नै पाल्पा रिब्दीकोटको लघुवामा दुई वटा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update