Erani Mahal
पाल्पाकाे लघुवामा दुई वटा ट्रिपर दुर्घटना : एक जनाकाे मृत्यु चार जना घाइते
acc (3)
पाल्पा – जिल्लाको रिब्दीकोट–२, लघुवामा दुई वटा ट्रिपर आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ट्रिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, का ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्रिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, बस्ते ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाई र नवलपरासी जिल्ला सुनवल–९, बस्ने २२ वर्षका किसन कुँवर रहेका छन् । घाइते अधिकांशको अवस्था मध्यम् रहेको छ । घाइते चारै जनाको उपचार अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । [caption id="attachment_18860" align="alignnone" width="768"] तस्विर : विनाेद कुमार शर्माकाे फेसबुक पेजबाट । [/caption] आइतबार दिउँशो तानसेन–तम्घास सडकखण्डमा तानसेनदेखि तम्घासतर्फ जाँदै गरेको बा. ४ ख ७३२० नम्बरको ट्रिपर र सोही दिशातर्फ गईरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको ट्रिपर आपसमा ठोक्किएको थियो । ट्रिपर सडकदेखि २०० मीटर तल खसेको थियो । सिमेन्ट लिएर गुल्मी तर्फ जाँदै ट्रिपर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । प्रहरीले थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update