Erani Mahal
पाल्पा काेराेना अपडेट : शनिवार २० जना थप,५७ जना घर फिर्ता, २ काे मृत्यू !
corona-gg
पाल्पा – पाल्पामा शनिवार थप २० जनामा काेराेना संक्रमण भएको छ । २० जनामा कोरोना पुष्टि हुँदा ५७ जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट १९ तथा एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका १, रामपुरका २, पूर्वखोलाका ०, रैनादेवी छहराका २, रम्भाका ० बगनासकालीका ०, तिनाउँका ८, रिब्दीकोटका १, निस्दीका २, तानसेन नपा तथा अस्पतालहरु ४ गरी ५ महिला र १५ पुरुष गरी कुल २० जनामा कोरोना पुष्टि भएको हो । आइतवार थप ५७ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका १८, रामपुरका ५, पूर्वखोलाका ०, रैनादेवी छहराका ०, रम्भाका ३, बगनासकालीका ४, तिनाउँका १, रिब्दीकोटका ३, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु २३ गरी २३ महिला २३ पुरुष गरी कुल ५७ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल ८०० जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९७ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । काेराेना परीक्षणकाे दायरा गाउँगाउँसम्म बढाउन पर्नेमा पाल्पामा न्यूंन संख्यामा परीक्षण भएकाे छ । चाैविस घण्टामा जम्मा ६२ जनाकाे परीक्षण गर्दा २० जना पाेजेटिभ भएकाे हाे ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update