Erani Mahal
हेफरद्वारा  रामपुर, पूर्वखाेला र निस्दीलाई राहत रकम प्रदान
194546512_330101451954676_4428645319288208286_n
पाल्पा - हेफर ईन्टरनेशनल नेपालले पाल्पाको रामपुर नगरपालिकालाई कोभिड महामारीबाट बच्न सहयोग रकम हस्तान्तरण गरेको छ । हेफरले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारी बिरुद्ध लड्न रकम प्रदान गरेको हो । पाल्पा जिल्लाको तिनाहुँ गाउपालिकाबाट शुरु गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रम अन्तर्गत हेफर इन्टरनेशल नेपालले स्थानीय साझेदार संस्थाहरुको सहकार्यमा पाल्पाको रामपुरमा कार्यक्रम गरी रामपुर नगरपालिका सहित अन्य २ गाउँपालिकालाई राहत रकम स्वरुप चेक हस्तान्तरण गरेको हो । जिल्लाको १० वटै पालिकामा सहयोग रकम हस्तान्तरण अभियान चलाएको हेफरले रामपुरमा भएको कार्यक्रममा रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिकालाई १५÷१५ लाख रुपँयाको चेक हस्तान्तरण गरेको हो । स्थानीय साझेदार संस्थाहरुको समन्वयमा जिल्ला सदरमुकामको तानसेन नगरपालिकालाई ४० लाख, कार्यक्रम चलिरहेका रामपुर नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकालाई १५÷१५ लाख रुपँया, अब कार्यक्रम सञ्चालन हुने माथागढी गाउँपालिकालाई १० लाख, कार्यक्रम सम्पन्न भईसकेका बगनासकाली गाउँपालिका र रैनादेवीछहरा गाउँपालिकाको लागि ४ लाख ५० हजार रुपैया गरी जिल्लामा १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको हेफर इन्टरनेशनल नेपाल पाल्पाका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले जानकारी दिनुभयो । हेफर केन्द्रिय कार्यालयबाट संघ, प्रदेश, स्थानीय तहको समन्वयमा राहत बितरण गरेको हो । १० करोड ३० लाख रकम नेपालका बिभिन्न प्रदेशमा चलेका कार्यक्रम स्थानका पालिकामा दिने गरि बिनियोजित रकम सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ५ करोड ३ लाख आएको थियो । प्रदेशका कार्यक्रम चलेका ३८ स्थानीय तहमा रकम सहयोग गर्ने लक्ष्य अन्तर्गत पाल्पाको तानसेन नगरपालिकालाई सबैभन्दा बढी रकम सहयोग गरेको हो ।‘‘कोभिडको महामारी गतबर्षदेखि छ, अझै हुने आकंलन पनि भएका छन्–कार्यक्रम प्रबन्धक सिलवालले भन्नुभयो–हामीले स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण, अक्सिजन खरिद, पिसिआर र एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि सहयोग रकम दिएका हौं’’। कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवाल, स्थानीय साझेदार संस्था पछौटेपन उन्मुलन समाज बेसका कार्यकारी निर्देशक शालिकराम पाण्डेले चेक हस्तान्तरण गर्नुभयो । निस्दी गाउँपालिकाको लागि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवाल, स्थानीय साझेदारी संस्था जनविकास तथा परिचालन केन्द्रका कार्यकारी निर्देशक देविलाल लामिछानेले चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै पुर्वखोला गाउँपालिकाको लागि हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले गाउँपालिका अध्यक्ष नुन बहादुर थापालाई चेक प्रदान गर्नुभयो । पुर्वखोलामा समाज उत्थान सहयोग केन्द्रसँग स्थानीय साझेदारीमा कार्यक्रम हुदैछ । हेफरले कार्यक्रम सञ्चालन गरेका रामपुरका दियालो सामाजिक उद्यमी महिला कृषि सहकारीका अध्यक्ष ईश्वरी देवी खनाल, दुर्गादेवी उद्यमी महिला कृषि सहकारीका अध्यक्ष बिजु घिमिरे र सचिव बालकुमारी थापा, निस्दीका गल्धा सामाजिक उद्यमी महिला कृषि सहकारी अध्यक्ष तिरणकुमारी श्रेष्ठ, पुर्वखोलाका मनकामना सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाका अध्यक्ष कमला ढकाल सहित सो सहकारीको समन्वयमा चेक हस्तान्तरण गरिएको हो । चेक ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मानिसदेखि टाढा भाग्नुपर्ने कोभिडको अबस्थाले धेरै पाठ सिकाएको बताउदै फेरि आंकलन गरिएको भेरियन्टबाट जोगिन पुर्व सर्तकता अपनाउनुपर्ने बताउनुभयो । शुरुका समय जटिल थियो व्यवस्थापन र रोकथाम गर्न उहाँले भन्नुभयो–अहिले परिक्षण पनि कम भएको छ त्यसैले संक्रमणको दर कम भएको छ जाचलाई बढाउनुपर्छ । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले समस्यामा एक अर्कालाई सहयोग गर्ने अभिप्रायप्रति हेफरलाई धन्यवाद दिदै आत्मियताले पनि कोभिडलाई जित्न हौसला मिलेको बताउदै गाउँपालिकालाई विभिन्न सहयोग प्रदान गर्ने संघसंस्थालाई धन्यवाद दिनुभयो । त्यस्तै पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले निकै गाह््रो समस्याका बिचमा गतबर्षको कोभिड पार लागेको बताउदै अहिले अझै पनि समुदायमा त्रास बढिरहेकोले जटिल अबस्था सिर्र्जना भए विकास बजेटलाई समायोजन गरेर काम गर्नुपर्ने अबस्था आउने उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सामाग्री खरिद गरि रकमको सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले जिल्लामा कोभिड१९ को दोस्रो भेरियन्टको सक्रमण र मृत्युदर बढी भएकाले कोभिडबाट बच्न र बचाउन स्थानीय सरकारलाई सहयोग गरिएको रामपुर गाउँपालिकाको स्थानीय साझेदार संस्था बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बताउनुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा एको कार्यक्रममा स्वागत स्थानीय साझेदारी संस्था बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ग्रामीण आर्थिक विकास केन्द्र रेडाका कार्यक्रम संयोजक प्रेम बहादुर गोदारले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update