Erani Mahal
रामपुर दुर्घटनाकाे घाइतेकाे मेडिकल कलेजमा उपचार हुँदै नामावली सहित !
Jeep_accident
पाल्पा- जिल्लाको रामपुर ८ एक्लेटारमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको रामटारबाट रामपुर तर्फ जाँदै गरेको ग १९ प ४०८८ नम्बरको मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको लु १ च ७५२५ नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनमा परी घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि ल्याइएको छ । दुर्घटनाकाे सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाा परी माेटर साइकल चालक रामपुर १० रामटारका वर्ष २३ का गाेपाल श्रेष्ठ साेहि स्थानका ३० वर्षकी भीम कुमारी श्रेष्ठ भीम कुमारी श्रेष्ठका छाेरा १३ वर्षका विपिन श्रेष्ठ र ५ महिनाकाे छाेरा विक्रम श्रेष्ठ घाइते भएका छन् । उनीहरु सबैकाे अवस्था सामान्य नै रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update