Erani Mahal
पाल्पामा शुक्रवार थप ६६ जनामा काेराेना पुष्टी, एक जनाकाे निधन
corona_palpa
पाल्पा – पाल्पामा विहिवार ५१ जनामा काेराेना संक्रमण भएको छ । ६६ जनामा कोरोना पुष्टि हुँदा १५ जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट १७ तथा एन्टिजेनबाट ४९ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका २, रामपुरका ५, पूर्वखोलाका ०, रैनादेवी छहराका २, रम्भाका ४ बगनासकालीका १, तिनाउँका ०, रिब्दीकोटका १, निस्दीका ३४, तानसेन नपा तथा अस्पतालहरु १७ गरी ३८ महिला र २८ पुरुष गरी कुल ६६ जनामा कोरोना पुष्टि भएको हो । आइतवार थप १५ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ८, रामपुरका ०, पूर्वखोलाका ०, रैनादेवी छहराका १, रम्भाका २, बगनासकालीका १, तिनाउँका १, रिब्दीकोटका १, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु १ गरी ९ महिला ६ पुरुष गरी कुल १५ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल ८३९ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९५ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । काेराेना परीक्षणकाे दायरा गाउँगाउँसम्म बढाउन पर्नेमा पाल्पामा न्यूंन संख्यामा परीक्षण भएकाे छ । चाैविस घण्टामा जम्मा १२३ जनाकाे परीक्षण गर्दा ६६ जना पाेजेटिभ भएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update