Erani Mahal
पाल्पामा विहिवार ५१ जना काेराेना संक्रमित थपिए हेर्नुहाेस कहाँ कति ?
coronavirus_
पाल्पा – पाल्पामा विहिवार ५१ जनामा काेराेना संक्रमण भएको छ । ५१ जनामा कोरोना पुष्टि हुँदा १३२ जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट २७ तथा एन्टिजेनबाट २४ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका २, रामपुरका ९, पूर्वखोलाका ०, रैनादेवी छहराका ३, रम्भाका १ बगनासकालीका ९, तिनाउँका ३, रिब्दीकोटका २, निस्दीका २, तानसेन नपा तथा अस्पतालहरु २० गरी २६ महिला र २५ पुरुष गरी कुल ५१ जनामा कोरोना पुष्टि भएको हो । आइतवार थप १३२ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका १, रामपुरका १४, पूर्वखोलाका २, रैनादेवी छहराका २३, रम्भाका ०, बगनासकालीका २, तिनाउँका ४, रिब्दीकोटका ०, निस्दीका २६, तानसेन नपा तथा अस्पतालहरु ६० गरी ६६ महिला र ६६ पुरुष गरी कुल १३२ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल ७८९ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । काेराेना परीक्षणकाे दायरा गाउँगाउँसम्म बढाउन पर्नेमा पाल्पामा न्यूंन संख्यामा परीक्षण भएकाे छ । चाैविस घण्टामा जम्मा १२३ जनाकाे परीक्षण गर्दा ५१ जना पाेजेटिभ भएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update