Erani Mahal
पाल्पामा काेराेना परीक्षण न्यून : बुधवार थपिए ४२ विरामी !
Corona virus
पाल्पा – पाल्पामा बुधवार ४२ जनामा काेराेना संक्रमण भएको छ । ४२ जनामा कोरोना पुष्टि हुँदा २० जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट १७ तथा एन्टिजेनबाट २५ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका ०, रामपुरका ३, पूर्वखोलाका ०, रैनादेवी छहराका १, रम्भाका १ बगनासकालीका ३, तिनाउँका ०, रिब्दीकोटका ०, निस्दीका २३, तानसेन नपा तथा अस्पतालहरु ११ गरी २२ महिला र २० पुरुष गरी कुल ४२ जनामा कोरोना पुष्टि भएको हो । आइतवार थप २० जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ४, रामपुरका २, पूर्वखोलाका १, रैनादेवी छहराका १, रम्भाका ३, बगनासकालीका ०, तिनाउँका २, रिब्दीकोटका ०, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ७ गरी ११ महिला र ९ पुरुष गरी कुल १६५ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल ८७० जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । काेराेना परीक्षणकाे दायरा गाउँगाउँसम्म बढाउन पर्नेमा पाल्पामा न्यूंन संख्यामा परीक्षण भएकाे छ । चाैविस घण्टामा जम्मा १२३ जनाकाे परीक्षण गर्दा ४२ जना पाेजेटिभ भएकाे हाे ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update