Erani Mahal
इस्लामिक सक्रिय युवा समाजद्वारा बिपन्न परिवारमा राहत प्रदान
rahat islam (1)
पाल्पा - पाल्पामा सामाजिक काममा सक्रिय इस्लामिक सक्रिय युवा समाज दोहा कतार शाखाले पाल्पाको रामपुरमा बिपन्न परिवारमा राहत प्रदान गरेको छ । सन् २००५ मा स्थापना भएको युवा समाजको कतार शाखाले कोभिड महामारीका समयमा समस्यामा रहेका गाउटोलका बिपन्न समुदायलाई दुख र अफ्ठ्यारोमा साथ दिन राहत स्वरुप रकम हस्तान्तरण गरेको हो । कोभिड नियन्त्रणका लागि जारी एक महिने लामो निषेधाज्ञाले आम समुदायमा अफ्ठ्यारो परेको महसुस गर्दै केही न केही मलम लगाउन सहयोग गरेको इस्लामिक सक्रिय युवा समाज दोहा कतारका प्रतिनिधि मन्जुर आलम मियाले बताउनुभयो ।"पीडा विश्वव्यापी बनेको कोभिडले पुर्‍याएको असर र दैनिक गुजारा टार्नुपर्ने परिवारमा छ,आलमले भन्नुभयो-यही अफ्ठ्यारोमा खान, उपचारमा समस्या भएकाहरुलाई रकम प्रदान गरेका हौ । विभिन्न चरणमा गरि पाल्पामा भएको निषेधाज्ञाले बिपन्न, असहाय तथा कामले नै साझ बिहान माम खाने परिवारमा परेको समस्या जटिल छ, राहत दिनुपर्ने अबस्था धेरैमा भएपनि अझ समस्या देखिएका नागरिकलाई राहत दिइएको समाजका सदस्य रहिम मियाले भन्नुभयो । कतारमा दिनरात काम गर्ने नेपालीहरुबाट गाउघरमा परेको असहज परिस्थितिमा दिने गरि संकलित भएको रकम समाजले प्रदान गरेको हो । इस्लामिक सक्रिय युवा समाज दोहा कतार शाखाका अध्यक्ष शेख अब्दुल्लाहले आफ्नो र परिवारको लागि कमाउन आएका नेपाली भएपनि एकलाई परेको अफ्ट्यारोमा अर्कोले सहयोग गर्नुपर्छ भन्ने अभिप्रायले गठित सस्थाको पहलमा रकम दिन सकिएको बताउनुभयो । २० घरधुरीलाई तत्काल दैनिकी गुजार्न तथा नियमित औषधि खानपर्ने अबस्थामा केही सहयोग पुग्छ भनेर ५/५ हजारका दरले १ लाख रकम हस्तान्तरण गरेको अब्दुल्लाहले जानकारी दिनुभयो। हाल समाजको दोहा कतार शाखामा ६० जना युवा समाजमा आबद्ध छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update