Erani Mahal
हेफर ईन्टरनेशनलद्वारा पाल्पाका स्थानीय तहहरूलाई १ करोड ४९ लाख सहयोग
gg
पाल्पा – पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्नको लागि हेफर ईन्टरनेशनल नेपालले १ करोड ४९ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । दुई नगरपालिका र ८ वटा गाउँपालिका सहित पाल्पाका १० वटा स्थानीयतहलाई महामारी विरुद्धको अभियानका लागि सहयोग गरिएको संस्थाका प्रबन्धक अनन्त सिल्वालले बताउनुभयो । स्थानीय तहमा रहका स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि सहयोग रकम दिइएको उहाँले बताउनुभयो । तानसेन नगरपालिकालाई ४० लाख, रिव्दीकोट, तिनाउ, रम्भा, पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिकालाई १५। १५ लाख, माथागढी गाउँपालिकालाई १० लाख, बगनासकाली गाउँपालिकालाई ४ लाख ५० हजार र रैनादेवीछहरा गाउँपालिकाको लागि ४ लाख ५० हजार रुपैया गरी १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको हो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले नगरपालिकालाइ प्राप्त सहयाेगबाट शहरी स्वास्थ्य केन्द्र स्थापना गरिने बताउनुभयाे । उहाँले शहरी स्वास्थ्य केन्द्रमार्फत काेराेनाकाे अर्काे लहरका लागि आइसाेलेसन सेन्टर बनाउन प्राप्त सहयाेग खर्च गरिने बताउनुभयाे । कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, माथागढी गाउँपालिकाका अध्यक्ष सन्ताेष थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीलाइ सहयाेग रकमकाे चेक हस्तान्तरण गरिएकाे थियाे । पाल्पामा दोस्रो भेरियन्टको सक्रमण र मृत्यु दर उच्च रहेकाले कोभिडबाट बच्न र बचाउन स्थानीय सरकारलाई सहयोग गरिएको थानीय साझेदार संस्था ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले जानकारी दिनुभयो । यस वर्ष अन्य कार्यक्रम संचालन गर्न समस्या हुने भएकाले पनि संस्थाले कोरोना महामारीमा रकम सहयोग गरेको हो । कार्यक्रम तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीकाे अध्यक्षता, विष्णु पाण्डेयकाे संचालनमा सम्पन्न भएकाे हाे ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update