Erani Mahal
पाल्पाका  दुई अस्पताललाई अक्सिजन कन्सन्टेटर सहयाेग
nn
पाल्पा – पाल्पाका दुई अस्पताललाई चार वटा अक्सिजन कन्सन्टेटर प्रदान गरिएको छ । टेक्सास नेपलिज मेडिकल एशोसिएसन, अमेरिकाबाट प्राप्त चार वटा अक्सिजन कन्सन्टेटर पाल्पा अस्पताल र रामपुर अस्पताललाई प्रदान गरिएको हो । सोमबार एक कार्यक्रमका बीच पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले पाल्पा अस्पताललाई दुई वटा र रामपुर अस्पताललाई दुई वटा अक्सिजन कन्सन्टेटर प्रदान गर्नुभयो । उहाँले कोभिड महामारीका बेलामा विदेशमा रहनुहुने नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद दिनुभयो । प्रजिअ पाण्डेयले कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभाव भएकाले त्यसको परिपूर्ति गर्न अक्सिजन कन्सन्टेटर सहयोग हुने विस्वास गर्नुभयो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले अक्सिजन कन्सन्टेटरको सही उपयोग गरेर कोरोनाका बिरामीको ज्यान जोगाउन दुई अस्पतालाई आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले स्वास्थ्य कार्यालयको आग्रहलाई स्वीकार गरेर अमेरिकामा रहनुभएका पाल्पालीसहितकाले चार वटा कन्सन्टेटर सहयोग गरेको जानकारी दिनुभयो । उहाँले महामारीमा लड्न अक्सिजन कन्सन्टेटर ठूलो सहयोग हो भन्नुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update