Erani Mahal
पाल्पामा काेराेनाका विरामी ७३ जना थपिदा १ सय ६ जना घर फिर्ता
coronavirus-test-swab
पाल्पा – पाल्पामा साेमवार ७३ जनामा काेराेना संक्रमण भएको छ । साेमवार १ सय ६ जना घर फिर्ता भएका छन् भने ७३ जना थपिएका हुन् । साेमवार ७३ जनामा कोरोना पुष्टि हुँदा १०६ जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट ६१ तथा एन्टिजेनबाट १२ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका २२, रामपुरका ०, पूर्वखोलाका ११, रैनादेवी छहराका १, रम्भाका ० बगनासकालीका ०, तिनाउँका २, रिब्दीकोटका ३०, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ७ गरी कुल ७३ जनामा कोरोना पुष्टि भएको हो । आइतवार थप १०६ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ३, रामपुरका १, पूर्वखोलाका १, रैनादेवी छहराका १५, रम्भाका २, बगनासकालीका १, तिनाउँका २४, रिब्दीकोटका ३, निस्दीका २९, तानसेन नपा तथा अस्पतालहरु २७ गरी ५३ महिला र ५३ पुरुष गरी कुल १०६ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल ९८८३ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा पछिल्लाे समयमा काेराेनाकाे परीक्षण घटेका कारण संक्रमितकाे तथ्यांक समेत घट्दै गएकाे थियाे । तर संक्रमणकाे ग्राफ भने घट्न सकेकाे छैन ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update