Erani Mahal
पाल्पामा फेरी बढ्याे काेराेना ग्राफ : ६० जना निकाे हुँदा १०५ जना थपिए
Coronavirus-recession
पाल्पा – पाल्पामा चारदिन देखि घट्दै गएकाेे काेराेनाकाे ग्राफ आइतवार पुन बढेकाे छ । अझैपनि गाउँगाउँमा काेराेनाकाे परीक्षण दायरा बढाउन सकिरहेकाे छैन । स्थानीय तहले गाउँ वडा र वस्ती स्तरमा काेराेना परीक्षण गर्नुपर्नेमा न्यून मात्रमा परीक्षण भएकाे छ जसमा पनि काेराेना संक्रमणकाे ग्राफ बड्दै रहेकाे देखिएकाे छ । आइतरवार ६० जना घर फिर्ता भएका छन् भने १०५ जना थपिएका छन् । आइतवार थप १०५ जनामा कोरोना पुष्टि हुँदा ६०० जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट ८० तथा एन्टिजेनबाट २५ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका ३४, रामपुरका १६, पूर्वखोलाका ०, रैनादेवी छहराका ३, रम्भाका ५, बगनासकालीका २, तिनाउँका १२, रिब्दीकोटका १, निस्दीका १८, तानसेन नपा तथा अस्पतालहरु १४ गरी कुल १०५ जनामा कोरोना पुष्टि भएको हो । आइतवार थप ६० जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ४, रामपुरका ०, पूर्वखोलाका १, रैनादेवी छहराका ३, रम्भाका ०, बगनासकालीका १४, तिनाउँका ३, रिब्दीकोटका ५, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ३० गरी ३२ महिला र २८ पुरुष गरी कुल ६० जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल ९१६ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा पछिल्लाे समयमा काेराेनाकाे परीक्षण घटेका कारण संक्रमितकाे तथ्यांक समेत घट्दै गएकाे थियाे । तर संक्रमणकाे ग्राफ भने घट्न सकेकाे छैन ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update