Erani Mahal
पाल्पामा थपिएकाे निषेधाज्ञामा के गर्ने,  के नगर्ने  ? सिडिओकाे आदेश सहित हेर्नुहाेस् !
Untitled(1)
पाल्पा-पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिकाे प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेयकाे अध्यक्षतामा बसेकाे बैठककाे निर्णय अनुसार आगामि जेठ ३१ गतेसम्म थप भएकाे हाे । गत चैत १७ गतेदेखि जारी निषेधाज्ञालाइ थप गरेकाे हाे । बैठकले यस अघि सबै बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७-१० सम्म खुलाउने निर्णय भएको छ । यस्तै कोभिड विरुद्धको खाेप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । यस अघि जारी निषेधाज्ञालाइ केही खुकुलाे बनाइएकाे छ । यस अघि बन्द रहेकाे बैंकहरुलाइ विहान ७ बजेदेखि १० बजेसम्म खाेल्न दिइने भएकाे छ । यस्तै तरकारी पसल ९ बजेसम्म खुल्नेमा १० बजेसम्म खुल्न दिने भएकाे छ । हेर्नुहाेस् पाल्पाका प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेयद्वारा जारी आदेश । [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/06/Untitled1.pdf" title="Untitled(1)"]
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update