Erani Mahal
पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो
parsasan palpa
पाल्पा-पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिकाे बैठककाे निर्णय अनुसार आगामि जेठ ३१ गतेसम्म थप भएकाे हाे । गत चैत १७ गतेदेखि जारी निषेधाज्ञालाइ थप गरेकाे हाे । बैठकले यस अघि सबै बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७-१० सम्म खुलाउने निर्णय भएको छ । यस्तै कोभिड विरुद्धको खाेप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update