Erani Mahal
पाल्पामा ८७१ जना काेराेनाका सक्रिय विरामीहरु कहाँ छन् हेर्नुहाेस सूचि !
corona_1
पाल्पा – पाल्पामा कोराेना संक्रमणबाट शनिवार सम्म ८ सय ७१ जना सक्रिय संक्रमितहरु विभिन्न आइसाेलेशन सेन्टरमा उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा कोरोना पुष्टि भइ २६ जना एचडियूमा १ जना आइसियूमा ३३ जना आइसाेलेशन सेन्टरमा र ८११ जनाले हाेम आइसाेलेशन सेन्टरमा काेराेना विरुद्ध संघर्ष गरी रहेका छन् । उनीहरु सबैकाे स्वास्थ्य अवस्था नर्मल नै रहेकाे कार्यालयले जनाएकाे छ । पन्थीका अनुसार माथागढीका ४७, रामपुरका ८०, पूर्वखोलाका २१, रैनादेवी छहराका १०७, रम्भाका ५९, बगनासकालीका ५२, तिनाउँका ५८, रिब्दीकोटका १८, निस्दीका ९३, तानसेन नपा तथा अस्पतालहरु ३१९ गरी हालसम्म गरी कुल ८७१ जनाले विभिन्न आइसाेलेशनमा काेराेनाकाे उपचारमा रहेका छन् । अहिले पाल्पामा कुल ८७१ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा पछिल्लाे समयमा काेराेनाकाे परीक्षण घटेका कारण संक्रमितकाे तथ्यांक समेत घट्दै गएकाे छ । साथै पिसिआर परीक्षणका लागि किट अभाव भएसँगै चारदिन यता पाल्पा अस्पतालकाे ल्यावमा काेराेना परीक्षण हुन सकेकाे छैन । पाल्पामा काेराेनालाइृ जितेर अहिलेसम्म ५०३४ जना घर फिर्ता भएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update