Erani Mahal
पाल्पामा कोराेनाबाट निधन भएका ९४ जना कहाँ कहाँका सूचि सहित !
Corona Sab
पाल्पा – पाल्पामा कोराेना संक्रमणबाट अहिलेसम्म ९४ जनाकाे निधन भएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा कोरोना पुष्टि भइृ निधन हुनेकाे संख्या ९४ पुगेको हाे । पन्थीका अनुसार माथागढीका ११, रामपुरका ९, पूर्वखोलाका ८, रैनादेवी छहराका ४, रम्भाका ४, बगनासकालीका १०, तिनाउँका ३, रिब्दीकोटका २, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ४३ गरी २७ महिला र ६७ पुरुष गरी कुल ९४ जनामा कोरोनाका कारण ज्यान गएको छ । अहिले पाल्पामा कुल ८७१ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा पछिल्लाे समयमा काेराेनाकाे परीक्षण घटेका कारण संक्रमितकाे तथ्यांक समेत घट्दै गएकाे छ । साथै पिसिआर परीक्षणका लागि किट अभाव भएसँगै चारदिन यता पाल्पा अस्पतालकाे ल्यावमा काेराेना परीक्षण हुन सकेकाे छैन ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update