Erani Mahal
पाल्पा कोराेना अपडेट : ५० जना थपिए ८० जना निकाे भए
coronavirus_
पाल्पा – पाल्पामा पाल्पामा काेराेना निकाे हुने संख्या बढ्दै गएको छ । शनिवार ८० जना घर फिर्ता भएका छन् । शुक्रवार थप ५० जनामा कोरोना पुष्टि हुँदा ८० जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट ५० तथा एन्टिजेनबाट ० जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका ०, रामपुरका ०, पूर्वखोलाका ०, रैनादेवी छहराका १८, रम्भाका ८, बगनासकालीका १, तिनाउँका ०, रिब्दीकोटका ०, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु २४ गरी १८ महिला र ३२ पुरुष गरी कुल ५० जनामा कोरोना पुष्टि भएको हो । शु्क्रवार थप ८० जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका २२, रामपुरका १, पूर्वखोलाका ८, रैनादेवी छहराका ३, रम्भाका ०, बगनासकालीका १, तिनाउँका ३२, रिब्दीकोटका १, निस्दीका १, तानसेन नपा तथा अस्पतालहरु ११ गरी ३९ महिला र ४१ पुरुष गरी कुल ८० जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल ८७१ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा पछिल्लाे समयमा काेराेनाकाे परीक्षण घटेका कारण संक्रमितकाे तथ्यांक समेत घट्दै गएकाे छ । साथै पिसिआर परीक्षणका लागि किट अभाव भएसँगै चारदिन यता पाल्पा अस्पतालकाे ल्यावमा काेराेना परीक्षण हुन सकेकाे छैन ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update