Erani Mahal
काेराेनाबाट निधन भएका परिवारलाई रामपुर नगरपालिकाद्वारा राहत रकम दिन सुरू
Rampur-Nagarpalika
पाल्पा - कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाएका संक्रमितहरुको परिवारलाई घोषणा गरेको रकम रामपुर नगरपालिकालाई दिन शुरु गरेको छ । काेरोनाको महामारी समुदायमा फैलिसकेपछी रामपुर नगरपालिकाले यदीकोरोनाकै कारण नगरबासी कसैको ज्यान गयो भए तत्काल किरियाखर्च दिने निर्णय गरेको थियो । रामपुर नगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय अनुरुप बिहिबार नगरपालिकाले परिवारका सदस्य गुमाएका २ जना परिवारलाई ३०/३० हजार प्रदान गरेको हो । कोभिड संक्रमण भई उपचारको क्रममा ज्यान गुमाएका रामपुर नगरपालिका वडा नं. ८ का ५९ वर्षीय पुरुष र ४६ वर्षीय महिलाको परिवारलाई रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले चेक हस्तान्तरण गर्नुभयो । कोरोनाकै कारण नगरबासी कसैले ज्यान गुमाउन नपरोस् भनेर लागेको बताउदै थापाले घटना भइहाले मृतकका घरमा सान्त्वना दिन र केही राहतको अनुभूति गराउन नगरपालिकाले सहयोग गएको उल्लेख गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले देश तथा विदेशमा रहेका बेला कोही नगरबासीको कोभिड संक्रमणकै कारण मृत्यु भएकोमा तथ्यांक संकलन गरी यस्तो सहयोग गर्ने बताउनुभयो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेका अनुसार दोस्रो चरणको कोभिड संक्रमणमा ४ नगरबासिको मृत्यु भएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update