Erani Mahal
विद्यार्थीलाई दिवा खाजा तयारी गर्न आवश्यक पर्ने भाँडाकुँडा वितरण
IMG_9846
सुमन कार्की, पाल्पा - मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाले सरकारी विद्यालयमा दिवा खाजा व्यवस्थापनमा आवश्यक पर्ने भाडाकुँडा वितरण गरेको छ । तानसेन नगरपालिका वडा नं.९ मा अवस्थित टिन्तीआँप प्राथमीक विद्यालय र बालकृष्ण प्राथमिक विद्यालयलाई रु ६० हजार बराबरको खाजा बनाउदा र विद्यार्थीलाई खाजा खुवाउँदा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु विद्यालयलाई वितरण गरिएकाे नगर प्रमुख अशाेककुमार शाहीले बताउनुभयाे । तानसेन नगरपालिकाले गतवर्ष देखिनै नगरभित्रका विद्यालयहरुमा दिवा खाजा व्यवस्थापन गरेको हो । विद्याथीहरुलाई नियमित विद्यालय उपस्थित गराउन सकिने उदेश्यका साथ नगर सरकारले दिवा खाजाको व्यवस्थापन गर्दे आएको छ । नगरपालिकाभित्रका पिछडिएका सरकारी विद्यालय जसकाे आर्यस्राेत न्यून रहेको छ, त्यो विद्यालय छानेर टिफिन बक्स र अन्य भाँडाकुँडा वितरण गरिएकाे मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम संयोजक गुराँस आत्रेयले जानकारी दिनुभयो । दिवा खाजाको व्यवस्था भएपनि खाजा राख्न, पकाउन तथा व्यवस्थापन गर्न सामग्री नहुँदा विद्यार्थीलाइ असहज हुँदै आएको थियो । विद्यालय व्यवस्थापन समितिकाे माग अनुसार तानसेन नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विद्यालयलाई ग्यास चुलो सहित १–१ वटा, खाजा पकाउने ठूलो र सानो ढक्कन सहित देप्ची २–२ थान, वाटा मझौला २–२ थान, वाटर डेस्पेन्सल जार सहित १–१ थान,चिया कित्ली १–१ थान,वकेट २–२ थान, थाल,चम्चा,कचौरा,गीलास विद्याथी अनुसार र भान्सामा आश्यक पर्ने अन्य भाडाकुडा विद्यालयलाई हस्तानतरण गरिएको हाे । आफ्नै विद्यालयको भाडाकुँडा भइसकेपछि अबको आउदा दिनहरुमा विद्यार्थीहरुलाई दिवाखाजा पकाउन तथा खुवाउन सजिलो हुने तानसेन ९ का वडा अध्यक्ष हरिसुमर रेग्मीले बताउनुभयो । जस्ले गर्दा विद्यार्थीलाई समयमै ताजा खाजा खुवाउन सकिने र अन्य विद्याथीीहरुलाई समेत विद्यालय आउन प्रेरीत गर्ने जानकारी दिनुभयो । भाडा वितरणको संयोजन तानसेन नगरपालिकाका स्टोर किपर प्रमुख रामजी कार्कीले गर्नु भएको थियाे ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update