Erani Mahal
पाल्पाली संगम अमेरिकाबाट पत्रकार महासंघलाई पल्स अक्सिमिटर प्रदान
fnj palpa
पाल्पा - नेपाल पत्रकार महासंघ पाल्पालाई २५ थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ । पाल्पाली संगम अमेरिकाबाट प्राप्त उक्त अक्सिमिटर स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालाई हस्तान्तरण गर्नुभएकाे हाे । सो अवसरमा प्रमुख चौधरीले कोरोना महामारीको समयमा सही सूचना प्रवाहमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । काेराेना नियन्त्रण तथा व्यवस्थापनमा पत्रकारहरू फिल्डमै खटेर जाेखिम उठाएकाे स्मरण गर्नुहुँदै चाैधरीले अमेरिकामा बसाेबास गर्ने पाल्पालीहरूकाे सहयाेगमा अक्सिमिटर प्रदान गरिएकाे बताउनुभयाे । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले सामाजिक स्तरमा चेतना बृद्धि गर्दै कोरोना संक्रमितहरुको आत्मबल बढाउने गरी सञ्चारमाध्यमहरुले सूचना सन्देश प्रकाशन प्रसारणमा ध्यान दिनुपर्ने बताउनुभयो । पाल्पाली संगम अमेरिकाले जन्मभूमिमा काराेना नियन्त्रण गर्न १६ लाख रकम बढीकाे स्वास्थ्य सामग्री सहयाेग गरेकाे बताउनुहुँदै पन्थीले पत्रकारहरूले सचेत भएर काेराेना नियन्त्रणका लागि रचनात्मक सल्लाह सुझाव दिनुपर्ने बताउनुभयाे । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहयोगी ब्यक्तिहरुप्रति धन्यवाद ब्यक्त गर्नुहुँदै पाल्पाली सञ्चार क्षेत्रले कोरोना महामारीको समयमा पनि स्थलगत रुपमा खटिएर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएको बताउनुभयो । बिभिन्न स्थानीय तह, संस्था र ब्यक्तिहरुबाट उपलब्ध स्वास्थ्य सुरक्षा सामाग्री स्थलगत रुपमा खटिएर काम गर्ने पत्रकारहरुका लागि बितरण गर्दै आएको महासंघ सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो । पाल्पाली संगम काठ्माण्डौका अध्यक्ष पदम न्यौपानेले पाल्पाली संगम अमेरिकाको सहयोगमा जिल्लाका बिभिन्न स्वास्थ्य संस्था लगायतलाई अन्य बिभिन्न सुरक्षा सामाग्रीहरु समेत बितरण गदै आएको बताउनुभयो । पहलकर्ता पत्रकार माधव अर्यालले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुले पल्स अक्सिमिटर सहयाेग गरेकाेमा पाल्पाली संगम अमेरिकालाइ धन्यवाद दिनुभयाे । पाल्पाली संगमकाे पहलमा पाल्पामा १६ लाख बढीकाे अक्सिजन कन्सन्टेटर, पल्स अक्सिमिटर, गुल्काेमिटर लगायतका स्वास्थ्य सामग्री पाल्पाका विभिन्न स्वास्थ्य संस्था तथा संघसंस्थालाइ प्रदान गरिएकाे छ । तयणठ7*थ
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update