Erani Mahal
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सुरक्षा सामग्री
fnj news
पाल्पा – नेपाल पत्रकार महासंघ पाल्पालाई अमेरिकामा रहेका नेपालीहरुको संस्था टेक्सस नेप्लीज मेडिकल एसोसियसनले पठाएको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । टेक्सस नेप्लिज मेडिकल एसोसियसनले पठाएको सामाग्री नेपाल मेडिकल एसोसियसनका वरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठमार्फत प्राप्त गरी नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानालाई तानसेन नगरपालिकावडा नं. ६ का वडाअध्यक्ष सागरमान महर्जनले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष महर्जनले बिश्वका अन्य मुलुकमा रहेका नेपालीहरु संग समेत सहयोगका लागि कुरा भईरहेको र थप सहयोग उपलब्ध हुने जानकारी दिनुभयो । यसरी प्राप्त स्वास्थ्य सुरक्षा सामाग्रीहरु महामारीको समयमा पनि फ्रन्टलाइनमा रही काम गर्दै आउनुभएक ाक्रियाशील पत्रकारहरुलाई उपलब्ध गराइने महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिनुभयो । महासंघले बिभिन्न स्थानीय तहहरुको सहयोगमा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्दै आएको उहाँले बताउनुभयो । महासंघका पूर्व अध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले अप्ठेरो अवस्थामा पनि पाल्पाली पत्रकारहरुले स्थलगत रुपमै खटिएर सत्य तथ्य सूचना सम्प्रेषण गर्दै आएको भन्दै पत्रकारहरुको उक्त कार्यको प्रंशसा गर्नुभयो । महासंघका उपाध्यक्ष भरत शर्माले पाल्पाली क्रियाशील पत्रकारहरुलाई स्थलगत रुपमा समाचार संकलन गर्ने क्रममा आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री लगायत अन्य आवश्यक सहयोगका लागि पत्रकार महासंघ निरन्तर रुपमा लागि परेको बताउनुभयो । स्वास्थ्य सुरक्षा ग्रहण गर्दै महासंघका अध्यक्ष रानाले बिदेशमा रहने नेपाली दाजुभाई दिदीबहिनीको यो सहयोगले पाल्पाका पत्रकारलाई फिल्डमा हिडेर समाचार संकलन गर्न सहयोग पुगेको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो । महासंघका लागि मास्क, सेनिटाइजर र फेस शिल्ड उपलब्ध गराइएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update