Erani Mahal
निस्दीले शैक्षिक मुल्यांकनकाे आधार त्रैमासिक र अर्धवार्षिक परीक्षालाई मान्ने
nisdii
पाल्पा - निस्दी गाउँपालिका पाल्पाले शैक्षिकसत्र २०७७ को मूल्यांकनको आधार त्रैमासिक र अर्धवार्षिक परीक्षालाई आधार मान्ने भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनु भएको छ । यस अघि सन्चालन भएको त्रैमासिक परीक्षा बापत ४० प्रतिशत र अर्धवार्षिक परीक्षा बापत ६० प्रतिशत गरि विद्यार्थीहरुले प्राप्त गरेको अंकलाई आधार मान्ने भएको हो । बैठकले आगामी जेठ मसान्त भित्रमा सोही अनुसार नतिजा प्रकाशन गर्न सम्पूर्ण विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले जानकारी दिनुभएको छ । साथै बैठकले गाउँपालिका भित्र हालसम्म १७४ जनाको पिसिआर र एन्टिजिन मार्फत २५५ जनाको कोरोना भाइरस जाँच गरेकोमा पिसिआरबाट ७१ जना र एन्टिजिनबाट ८९ जना गरि १६० जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिइएको थियो । जसमध्ये ८७ जना निको भएको र हालसम्म कोरोना भाइरस नियन्त्रण गर्नका लागि स्वास्थ्य शाखाले गरेका कार्य प्रगति बारे स्वास्थ संयोजक रेम बहादुर दिशाले बताउनु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update