X
970
Shares

पाल्पामा थप १५० जनाले काेराेना जिते : संख्या ४ हजार ८ सय ९० पुग्याे

रानीमहल संवाददाता || २० जेष्ठ २०७८,बिहीबार १९:४६

पाल्पा – पाल्पामा पाल्पामा काेराेना निकाे हुने संख्या बढ्दै गएको छ । विहिवार १ सय ५० जना घर फिर्ता भएका छन् । विहिवार थप ९ जनामा कोरोना पुष्टि हुँदा १ सय ५० जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट ३ तथा एन्टिजेनबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।

पन्थीका अनुसार माथागढीका ०, रामपुरका ६, पूर्वखोलाका ०, रैनादेवी छहराका ०, रम्भाका ०, बगनासकालीका ०, तिनाउँका ०, रिब्दीकोटका ०, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ३ गरी ४ महिला र ५ पुरुष गरी कुल ९ जनामा कोरोना पुष्टि भएको हो ।

बुधवार थप १ सय ५० जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ६, रामपुरका ०, पूर्वखोलाका ८५, रैनादेवी छहराका ५, रम्भाका २, बगनासकालीका ४, तिनाउँका ४, रिब्दीकोटका ३, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ४१ गरी ७३ महिला र ७७ पुरुष गरी कुल १ सय ५० जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् ।

अहिले पाल्पामा कुल ९३२ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९४ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । विहिवार थप एक जनाको कोराेनाकाे कारण निधन भएको कार्यालयले जनाएको छ ।

अहिले सम्म पाल्पामा ९४ जनाले कोराैनाको कारण ज्यान गुमाएका छन् । भने ४ हजार ८ सय ९० जना निकाे भएका छन् । पाल्पामा अहिले सम्म पिसिआर विधिबाट ४७६१ र एन्टिजेनकाे बिधिबाट १ हजार १ सय ५५ गरी कुल ५ हजार ९ सय १६ जनाले काेराेना परीक्षणका क्रममा पाेजेटिभ नतिजा आएकाे छ ।

पाल्पामा पछिल्लाे समयमा काेराेनाकाे परीक्षण घटेका कारण संक्रमितकाे तथ्यांक समेत घट्दै गएकाे छ । साथै पिसिआर परीक्षणका लागि किट अभाव भएसँगै तीनदिन यता पाल्पा अस्पतालकाे ल्यावमा काेराेना परीक्षण हुन सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys