Erani Mahal
बिहीबार १५० जना काेराेना संक्रमित निकाे, ९ जना नयाँ संक्रमित
coronn
तानसेन – पाल्पामा बिहीबार ९ जना मात्र कोरोना संक्रमित भएका छन् । एनटीजिन र पीसीआर माध्यम्बाट गरिएको परीक्षणमा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कीट अभाव भएका कारण परीक्षण हुँदा संक्रमित समेत कम भएको बताइएको छ । उता बिहीबार १५० जना संक्रमित निको भएका छन् । जिल्लाको विभिन्न स्थानमा ७७ जना पुरुष र ७३ जना महिला गरी १५० जना कोरोना संक्रमित निको भएका हुन् । योसँगै पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ९३२ भएको छ । उता कोरोना संक्रमित अस्पतालमा उपचार गर्नेको संख्यामा भने बृद्धि भएको छ । बिहीबार अस्पतालमा उपचार गर्ने थपिएर ८३ जना पुगेका छन् । जिल्लाका विभिन्न अस्पालमा बुधबार ६९ जना मात्र थिए बिहीबार भने ८३ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अस्पताल भर्ना भएका बाहेक अन्य सबै कोरोना संक्रमित घरमै बसेका छन् । पाल्पामा हालसम्म कोरोनाका कारण ९४ जनाको मृत्यु भइसकेको छ । तानसेनका मानिसको सबैभन्दा धेरै कोरोनाबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update