Erani Mahal
काेराेना परीक्षण घटेसँगै पाल्पामा संक्रमित तथ्यांक घट्दै
oo
पाल्पा – पाल्पामा पाल्पामा काेराेना निकाे हुने संख्या बढ्दै गएको छ । बुधवार १ सय २ जना घर फिर्ता भएका छन् । बुधवार थप ६१ जनामा कोरोना पुष्टि हुँदा १ सय २ जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट ६ तथा एन्टिजेनबाट ५५ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका ०, रामपुरका ५, पूर्वखोलाका ०, रैनादेवी छहराका ४, रम्भाका २, बगनासकालीका २, तिनाउँका ०, रिब्दीकोटका १, निस्दीका ३७, तानसेन नपा तथा अस्पतालहरु ९ गरी कुल ६१ जनामा कोरोना पुष्टि भएको हो । बुधवार थप १ सय २ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ३१, रामपुरका ३, पूर्वखोलाका १, रैनादेवी छहराका २, रम्भाका २, बगनासकालीका २०, तिनाउँका ११, रिब्दीकोटका २, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ३० गरी ६५ महिला र ३७ पुरुष गरी कुल १०२ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल १०७४ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ९३ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधवार थप तीन जनाको कोराेनाकाे कारण निधन भएको कार्यालयले जनाएको छ । अहिले सम्म पाल्पामा ९३ जनाले कोराैनाको कारण ज्यान गुमाएका छन् । भने ४ हजार ७ सय ४० जना निकाे भएका छन् । पाल्पामा अहिले सम्म पिसिआर विधिबाट ४७५८ र एन्टिजेनकाे बिधिबाट १ हजार १ सय ४९ गरी कुल ५ हजार ९ सय ७ जनाले काेराेना परीक्षणका क्रममा पाेजेटिभ नतिजा आएकाे छ । पाल्पामा पछिल्लाे समयमा काेराेनाकाे परीक्षण घटेका कारण संक्रमितकाे तथ्यांक समेत घट्दै गएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update