Erani Mahal
मानव अधिकार तथा शान्ति समाज पाल्पाद्वारा राहत वितरण
188492501_146121734171200_5605839062659280056_n
पाल्पा- जिल्लाकाे सामाजिक कार्यक्रममा सकृय रहेको सस्था मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा पाल्पाले दैनिक ज्याला मजदुर गरी जीविकाेपार्जन गर्ने श्रमिकहरूलाई राहत वितरणमा गरेको छ । सस्थाले २६ अाैँ स्थापना दिवसकाे अवसरमा खाधान्न सामाग्री वितरण गरेको हाे । मानव अधिकारकाे संरक्षण र सवर्धन गर्नका लागि स्थापित भएको सस्थाले मानव अधिकारकाे उल्लघन भएको बेला समय समयमा खबरजारी गर्दै अाएकाे छ । खाधान्न वितरणका प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण रावलले विश्व काेराेना भाइरस काेविड १९ दाेस्राे लहर सँग जुधिरहेकाे र माहामारीबाट धेरै नागरिकहरूले ज्यान गुमाउनु परेकोमा ज्यान गुमाए नागरिकहरू प्रती समवेदना व्यक्त गर्नु भयाे । अहिले नेपाल लगाएत पाल्पा जिल्लामा पनि दैनिक संक्रमित नागरिकहरूकाे सख्या वृद्धि भइरहेको र जिल्ला प्रशासन कार्यालयले काेराेना राेकथामका लागि निषेधाज्ञा जारी गरेकाे र यस विषम परिस्थितिमा विशेष गरि दैनिक ज्याला दारी गरेर जिविकाे पार्जन गर्ने श्रमिकहरू समस्या परेको बताउनु भयाे । विहान काम गरि साझ चुलाे बाल्नु पर्ने श्रमिकहरूलाई केही राहत हाेस भनी सस्थाले स्थापना दिवसकाे अवसरमा खाधान्न वितरण गरेकोमा सस्थालाई धन्यवाद दिनु भयाे । साथै अागामी दिनहरूमा यस्तै सामाजिक कार्यमा अग्रसर भइ लाग्न जिल्ला शाखालाई अार्गह गर्नु भयाे । साथै त्यस्का लागि केन्द्र स्तरबाट सहयाेग गर्ने पनि बताउनु भयाे । त्यस्तै जिल्ला अध्यक्ष अरूण ज्ञवालीले दैनिक ज्यालदार गरि जिविकाे पार्जन गर्ने मजदुरहरूकाे चुलाे ननिभाेस भनी सस्थाले स्थापना दिवसकाे अवसरमा चामल,दाल,तेल लगाएत अन्य अत्यावश्यक सामाग्री प्रदान गरिएको बताउनु भयाे । साथै सस्थाकाे २६ अाैँ स्थापना दिवसकाे अवसरमा बुधबार सित्तल पाटीमा दिप प्रज्वलन कार्यक्रम राखिएको जानकारी दिनु भयाे । कार्यक्रमकाे सञ्चालन सस्थाका जिल्ला सचिव सन्तवीर बरालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update