Erani Mahal
पाल्पाकाे कराेना संक्रमण : १३९ जना थपिदा १५५ जना निको
Corona_virus
पाल्पा – पाल्पामा पाल्पामा काेराेना निकाे हुने संख्या बढ्दै गएको छ । मंगलवार १ सय ५५ जना घर फिर्ता भएका छन् । मंगलवार थप १३९ जनामा कोरोना पुष्टि हुँदा १ सय ५५ जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट ११२ तथा एन्टिजेनबाट २७ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका २, रामपुरका ८, पूर्वखोलाका ४, रैनादेवी छहराका ३७, रम्भाका ३, बगनासकालीका ६, तिनाउँका १०, रिब्दीकोटका ५, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ६४ गरी कुल १ सय ३९ जनामा कोरोना पुष्टि भएको हो । मंगलवार थप १ सय ५५ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ०, रामपुरका ३९, पूर्वखोलाका २, रैनादेवी छहराका ०, रम्भाका ४१, बगनासकालीका ८, तिनाउँका ३०, रिब्दीकोटका ०, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ३५ गरी ७५ महिला र ८० पुरुष गरी कुल १५५ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल १११८ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ८९ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलवार थप एक जनाको कोराेनाकाे कारण निधन भएको कार्यालयले जनाएको छ । अहिले सम्म पाल्पामा ९० जनाले कोराैनाको कारण ज्यान गुमाएका छन् । भने ४ हजार ६ सय ३८ जना निकाे भएका छन् । पाल्पामा अहिले सम्म पिसिआर विधिबाट ४७५२ र एन्टिजेनकाे बिधिबाट १ हजार ९४ गरी कुल ५ हजार ८ सय ४६ जनाले काेराेना परीक्षणका क्रममा पाेजेटिभ नतिजा आएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update