Erani Mahal
काेराेना विशेष कविता - ए काेराेना त कस्तो राेग आइस ?
Dil GM
ए काेराेना (काेभिड-१९) त कस्तो राेग आइस विश्वमा मानवजातिको अनगिन्ती ज्यान खाइस। कस्तो राेग अायाे मान्छेले मान्छेलाई नछुने राेग सर्छकी भनेर बारम्बार साबुनपानीले हात धुने। छिमेकीलाई याे राेगले छाेयाे भने डराउछन् जान हेर्न श्वास नलिमा अाक्ामण गर्दाेरहेछ कठिन हुन्छ सास फेर्न । त कस्तो राेग हाे लागेपछि शरीर अति गल्लाउने त कति शक्तिशाली रहेछस विश्वलाई हल्लाउने। पैसा पनि नछुनेरे पसलमा माल समान किन्दा अाफन्त पनि नचिने झै गर्छन बाटोमा हिड्दा । सानो-ठूलो ,धनी -गरिब भनेन याे काेराेना राेगले अशक्त,गरिब,मजदुरहरू कराउँदैछन् सडकमा भाेकले। भन्ने गर्दथे बुढापाका मान्छेले मान्छे खाने दिन अाउछ हुनेखानेले त अानन्दसङ खाला हुदा खानेले के खान पाउछ। ए काेराेना त अाउदा जताततै पार्छस थप्प एक्कासी थाहा नपाइ टिपेर लान्छस टप्प। पारिवारिक मायाको डाेरी चुदाउदा कति दुख्दाे हाे मन बैज्ञानिक र डाक्टरले पनि नसक्ने त कस्तो राेग हाे भन। तलाई सिध्याउन सकेनन् यहा गाेला बारुद र ताेपले त कस्तो राेग हाे? सन्चो नहुने अाैषधी र खाेपले। परिवार , अाफन्तकाे माया अनि सपना छताछुल्ल पारित विश्वकाे अर्थतन्त्रलाई ढुङे युगमा झारिस । सुन्दर शहरलाइ सुनसान बनाइस दिउसै मसानघाट बन्द गर्छस सबै स्कुल,बजार , खेलकुद अनि यातायात । छाेदा,हावाबाट अनि हाच्छियु गर्दा रहेछ त राेग सर्ने अन्धकार भयो सारा सपना अब बाचेर के गर्ने । रुप फेर्दै, घुमिफिरि बारम्बार किन अाउछस सारा विश्वलाई अाक्ान्त बनाइस भन त के पाउछस। जताततै चीत्कार,हाहाकार अभाव छ उपचार अनि खाध्य बैज्ञानिकलाई पनि रणभुल्ल बनाइस साेच्न बाध्य । अाफन्तकाे अन्तिम सास जादाखेरि दिन पाएनन् पानी सुरक्षित रहन बिनाकारण बाहिर डुल्ने सुधाराै है बानी । राेक लगाइस विवाह,भेला,खेलकुद गर्न अनि मान्न धर्म मृत्युु पछि परिवारले गर्न नपाउने अन्तिम सस्कार कर्म । पाेफाेर साल देखा परिस केही समय हराइस विधार्थीलाई परिक्षा विना कक्षा चढाउने गराइस। सबैभन्दा बढी प्रभावित यातायात र हाेटेल व्यावसाय पिडित याे पीडा सम्झिदा भक्कानाे छुट्छ गराै सम्झना डिलित। एकातिर राेगकाे त्रास थपिस पिडा रिनकाे चेङले एक रति पैसा छाेडेन घर मालिक र ब्याज बैंकले। यहि पिडाले कतिलाई पुर्‍याईस अात्महत्याकाे मुखमा खै कसरी मानव जातिलाई बनाउछस र ? पुर्ववत सुखमा। कालाेधन समाउनेहरु सधै यस्तै अाअाेस भनी पुकार्छन माैका यहि हाे भनी कालाबजारीहरु रातारात धन थुपार्छन। कुम्भकर्ण झै निधाएकाे छ सरकार जन्ताकाे चीत्कार सुन्दैन बरु सरकार टिकाउने जाल बुन्छ तर जन्ताकाे बुन्दैन। विश्व मानव लाई थला पारिस नअाइजाे है त काेराेना पु:न सत्ताकाे गठबन्धन बन्छ जान्दैन जन्ताकाे सुरक्षामा एक हुन । काेराेनालाइ निर्मुल पार्न लागाै हामी सबै अघि सरेर ए काेराेना अब कहिल्यै नअाउने गरि जा मरेर।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update