Erani Mahal
रामपुर अस्पतालमा शल्यक्रिया सहितकाे सुत्केरी सेवासँगै स्थानीयलाइ सहज !
187133254_923768785129337_7927021190955505138_n
पाल्पा - रामपुर अस्पतालमा शल्यक्रिया सहितकाे सुत्केरी सेवासँगै स्थानीयलाइ राहत मिलेको छ । कोरोना माहामारीले धेरै स्वास्थ्य संस्थाहरु कोरोना बिशेष उपचारमा मात्र तल्लिन छन् । धेरै जसो अस्पतालमा ओपिडी सेवा सहित अन्य सेवा ठप्प छ । जुनसुकै समस्याका बिरामी पनि यतिबेला अस्पताल जान नपरे हुन्थ्यो भन्ने ठान्दछन् । तथापि कोरोनाका लक्षण भएका बिरामी उपचार र परामर्शमा आउने गरेका छन् भने अन्य विरामी अझ पनि स्वास्थ्य संस्थामा आउन सकेका छैनन् । तर कोरोनाको लकडाउन अबधिमा पाल्पाको रामपुर अस्पतालले ५ जना गर्भवतीको सफल शल्यक्रिया गरेको छ । यस अघि अप्रेशन गर्नुपर्ने गर्भवती रिफर पछि ६५ किलोमिटर पश्चिम सदरमुकामका निजि अस्पताल धाउनुपर्ने बाध्यता थियो । सुत्केरी गराउने सामाग्री नहुँनुले सामान्य सुत्केरी बाहेक जटिल र पहिलो सुत्केरी हुने गर्भवतीको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै जिल्ला पठाउनुपर्ने अबस्था थियो– रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले भन्नुभयो । अस्पतालले पाल्पा सहित छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ र नवलपुरका नागरिकलाई सेवा दिदै आएको छ । दैनिक जसो सुत्केरी हुन गर्भवती आउने गर्छन् त्यसमध्ये अप्रेशनको व्यवस्था नहुँदा सामान्य बाहेक अन्यलाई जिल्ला रिफर गर्दै आएको थियो । गत फागुन १६ गते अस्पतालमा अप्रेशन सेवा शुरु गरेको रामपुर अस्पतालले यस अघि पहिलो शल्यक्रिया सेवा दिएको थियो भने अन्य ५ जना गर्भवतीको लकडाउन अबधिमा सफल शल्यक्रिया गरेको रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिजय परियारले बताउनुभयो । बि.स.२०७२ सालमा ५० शैंयाको अस्पतालका रुपमा सरकारले रामपुर अस्पताललाई स्तर उन्नति गरेपनि आबश्यक भौतिक संरचना र सामाग्रीको अभावमा पुर्ण सेवा दिन नसकेपनि अप्रेशन गर्नुपर्ने गर्भवती महिलाहरुलाई मध्यनजर गर्दै अप्रेशनको तयारी गरेर अप्रेशन सेवा शुरु गरेको थियो । गत चैत ३१ गते पहिलो गर्भवतीको अप्रेशन गर्न अस्पताल सफल भएको थियो । निस्दी ५ की यमसरी सारुको पहिलो अप्रेसन भएको थियो । ३ किलो ४५० ग्रामको छोरी सफल अप्रेशनबाट जन्मिएको थियो । शल्यक्रिया दिन शुरु गरेको डेढ महिनामा ६ जना र लकडाउनमा मात्र ५ जनाको सफल शल्यक्रिया गरी बच्चा जन्माउने (अ–कभअतष्यल)अपे्रशन गरेको होे । .रामपुर अस्पतालले कोभिडको माहामारीका बिच जारी लकडाउनमा आउने गर्भवतीको जाच तथा सुत्केरी सेवा निरन्तरता दिइरहेको छ । कोरोनाले जारी लकडाउनमा सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी सेवा लिन आउनुभएकी तनहुँ घिरिङ्ग ४ की संगिता कुमालको अप्रेशन गर्नुप¥यो । २५ बर्षे संगितालाई एका तिर कोरोनाको डर पनि थियो, अर्काेतिर पहिलो बच्चा अपे्रशन गरेकाले फेरि जटिल अबस्था आउने हो कि भन्ने डर संगितामा थियो । अन्ततः बच्चा ठुलो भएकाले बैशाख २७ गते संगिताको अप्रेशन गरि छोरा जन्माइएको अस्पतालका डा.बासुदेव सुवेदीले बताउनुभयो । उहाँलाई जेठ २ गते डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । त्यस्तै रामपुर नगरपालिका–२ की यामु थापाको अप्रेसनबाट २.४ केजीको छोरी जन्मिइन् । बच्चाले पेटमै दिशा खान सक्ने खतराका कारण जेठ ५ गते अप्रेशन भयो । निस्दी गाउँपालिका १ की २३ बर्षकी कृष्णा आले सुरक्षित सुत्केरी हुन अस्पताल आउनुभयो । समय भइसक्दा पनि उहाँलाई बेथा बढेन । अन्ततः जेठ ६ गते बिहान ११.१७ मा अप्रेशन गरेर आलेले ३.२ केजीको छोरी जन्माउनुभयो । त्यस्तै रामपुर नगरपालिका ५ की सरिता सेनले ३.४ के.जीको छोरालाई अप्रेशनबाट जन्म दिनुभयो । २७ बर्षकी सरिताको जेठ ७ गते दिउँसो २.३८ मा अप्रेशन गरेर सुत्केरी गराईएको हो । रामपुर नगरपालिका ५ कै सपना कोइरालाको जेठ १२ गते अप्रेशन भयो । कोरोनाको जटिल परिस्थितिमा पनि अस्पतालमा नै बच्चा जन्माउनुपर्छ भन्ने भएर अस्पताल आएको बताउने उहाँको अन्तत अप्रेशन गर्नुप¥यो । बच्चा उल्टो भएकाले अप्रेशन गर्नुपरेको अस्पतालले जनाएको छ । २१ बर्षे सपनाको सफल अपे्रशनबाट २.९ के.जीको छोरी जन्माइएको हो । यसरी दक्ष जनशक्ति भएपनि आबश्यक भौतिक तथा स्वास्थ्य सामाग्रीको अभावमा यस क्षेत्रका गर्भवती महिला अप्रेशनका लागि बाहिर जानुपर्ने बाध्यता थियो । पहिलो बच्चालाई जन्म दिने गर्भवती र केही जटिल देखिएका गर्भवती महिलाहरु सुत्केरी हुने समय आउदा नआउदै कोठा भाडामा लिएर बजारमा गएर बस्नुपर्ने अबस्था थियो । शल्यक्रिया सेवा सञ्चालन भएपनि यस भेगका नागरिक खुसी छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update