Erani Mahal
काेराेना अपडेट : साेमबार १८८ संक्रमित निकाे, ७१ जना थपिए
Coronavirus_H
पाल्पा – पाल्पामा सोमबार थप १८८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार सोमबार कोरोना संक्रमणमुक्त हुनेमा ९९ जना पुरुष र ८९ जना महिला रहेका छन् । पछिल्लो एक सातायता जिल्लामा कोरोना संक्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातायता संक्रमित हुनेको संख्या घट्दो रहेको छ । कोरोना संक्रमितको संख्या घटेसँगै सक्रिय संक्रमितको संख्या समेत कम भएको छ । उता सोमबार कोरोना संक्रमित हुनेको संख्या ७१ जना रहेका छन् । जसमध्ये ९ जना माथागढीका, ३१ जना तानसेनका रामपुरमा ४ जना, रैनादेवी छहराका ३ जना, रिब्दीकोटका ३, रम्भाका २, पूर्वखोला, बगनासकाली र तिनाउका १ १ जना रहेका छन् । पाल्पामा हालसम्म कोरोनाबाट ८९ जनाको मृत्यु भईसकेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update