Erani Mahal
रामपुर कोरोना अस्पतालमा ७ जनाको उपचार हुँदै
186518962_836998210548079_3615542588957729129_n (1)
पाल्पा- पाल्पाको रामपुर अस्पतालमा निर्मित कोरोना अस्पतालमा ७ जना कोरोना पोजेटिभको उपचार भइरहेको छ । संक्रमितको संख्या बढ्दै जान थालेपछि रामपुर अस्पताल र रामपुर नगरपालिकाको समन्वयमा बैशाख अन्तिम साता आइसोलेसन बनाइएको थियो । कोरोनाको दोस्रो चरणको भेरियन्टमा अस्पतालमा व्यबस्थापन गरिएको कोभिड आइसोलेसनमा अहिलेसम्म १६ जना भर्ना भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिजय परियारले जानकारी दिनुभयो । जसमध्य अहिले ७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । ६ जना निको भइ घर फर्केका छन् भने २ जनालाई रेफर गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा उपचार कै क्रममा १ जनाको ज्यान गएको थियो । गरपालिकाको समन्वयमा अस्पतालले कोभिड संक्रमणको आशंकामा उपचारका लागि आएका तथा संक्रमणको लक्षण देखिएकाहरुको निशुल्क एन्टिजेन परिक्षण गरिरहेको छ । आजसम्म अस्पतालले १०३ जनाको एन्टिजेन परिक्षण गरेको जनाएको छ । जसमध्य ४६ जनाको पोजेटिभ र ५७ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोभिड फोकल पर्सन डा. बासुदेव सुबेदीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update