Erani Mahal
पाल्पाका १० पालिकामा ३ अर्व ८२ करोड बजेट (कहाँ कति हेर्नुहोस् )
bajet palpa
पाल्पा - पाल्पाका १० स्थानीय तहले आर्थिक वर्ष २०७८।०७९ को लागि केन्द्रीय सरकारबाट ३ अर्व ८१ करोड ७५ लाख रुपैंया बजेट पाएका छन् । यि तहले विशेष अनुदान र समपुरक अनुदान गरी अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत सो बजेट विनियोजन गरिएको हो । पाल्पाका ८ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये तानसेन नगरपालिकाले ६१ करोड ५ लाख, रामपुर नगरपालिकाले ४५ करोड १३ लाख, तिनाउँ ३१ करोड १७ लाख, निस्दी ३५ करोड २ लाख, पूर्वखोला २९ करोड ९४ लाख, बगनासकाली ३२ करोड २२ लाख, माथागढी ३९ करोड ३ लाख हजार, रम्भा ३१ करोड ३ लाख, रिब्दीकोट ३३ करोड ३३ लाख, रैनादेवी छहरा गाउँपालिकाले ४३ करोड ८३ लाख पाएको छ । यि सबै चालु तथा पूजीगत खर्च तर्फ बजेट विनियोजन भएको हो । शनिवार आर्थिक वर्ष २०७८।०७९ को बजेट बक्तव्यमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त बजेट विनियोजन गर्नुभएको हो । कहाँ कति हेर्नुहोस्
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update