X
1440
Shares

पाल्पामा काेराेना निकाे हुने संख्या बढ्दै आइतवार १ सय ९ जना घर फिर्ता

रानीमहल संवाददाता || १६ जेष्ठ २०७८,आईतवार १६:४९

पाल्पा – पाल्पामा पाल्पामा काेराेना निकाे हुने संख्या बढ्दै गएको छ । आइतवार १ सय ९ जना घर फिर्ता भएका छन् । आइतवार थप २४ जनामा कोरोना पुष्टि हुँदा १ सय ९ जना घर फिर्ता भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआरबाट १५ तथा एन्टिजेनबाट ९ जनामा कोरोना पुष्टि भएको हो ।

पन्थीका अनुसार माथागढीका ८, रामपुरका ९, पूर्वखोलाका ०, रैनादेवी छहराका १, रम्भाका १, बगनासकालीका १, तिनाउँका २, रिब्दीकोटका १, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु १ गरी कुल २४ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलवार थप १ सय ९ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका २, रामपुरका ०, पूर्वखोलाका १, रैनादेवी छहराका ६, रम्भाका ३, बगनासकालीका ५, तिनाउँका १, रिब्दीकोटका २, निस्दीका ३१, तानसेन नपा तथा अस्पतालहरु ५८ गरी ५५ महिला र ५४ पुरुष गरी कुल १०९ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् ।

अहिले पाल्पामा कुल १२५२ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ८९ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइतवार थप दुइ जना महिला र एक पुरुष गरी तीन जनाको कोराेनाकाे कारण निधन भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys