Erani Mahal
पाल्पा कोराेना अपडेट : शनिवार १४३ जना थप १३३ जना निकाे
Corona_
पाल्पा – पाल्पामा शनिवार थप १४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार मंगलवार पिसिआरबाट १०८ तथा एन्टिजेनबाट ३५ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका १, रामपुरका ३६, पूर्वखोलाका १, रैनादेवी छहराका २०, रम्भाका १, बगनासकालीका १, तिनाउँका ४, रिब्दीकोटका ०, निस्दीका २६, तानसेन नपा तथा अस्पतालहरु ५३ गरी कुल १ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । मंगलवार थप १३३ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका २५, रामपुरका ३, पूर्वखोलाका २, रैनादेवी छहराका १०, रम्भाका १६, बगनासकालीका १७, तिनाउँका ५, रिब्दीकोटका ७, निस्दीका २६, तानसेन नपा तथा अस्पतालहरु २२ गरी ६१ महिला र ७२ पुरुष गरी कुल १३३ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल १३४० जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै पाल्पामा हालसम्म ८६ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शनिवार थप एक जनाको कोराेनाकाे कारण निधन भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update