Erani Mahal
अबिरल वर्षातका कारण सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल खण्ड अबरूद्ध
pahiroo
पाल्पा – तीन दिनदेखि परेको अबिरल वर्षातका कारण सिद्धार्थ राजमार्ग अबरुद्ध बनेको छ । बिहीबार साँझदेखि परेको अबिरल वर्षात्का कारण सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको सिसुवा क्षेत्रमा पहिरो खसेको छ । सडक खुलाउन केही घण्टा लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ । सडकमा खसको पहिरोले शनिबार बिहानैदेखि सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ । त्यससँगै अन्य क्षेत्रमा पनि पहिरो खसको बताइएको छ । यद्यपी जिल्ला अन्य स्थानको भने विवरण आउन बाँकी छ । सदरमुकाम तानसेनदेखि ग्रामीण क्षेत्रमा जाने सडक समेत अबरुद्ध बनेका छन् । गाउँपालिका तथा नगरपालिकाले खनेका सडकमा पहिरो खसेपछि जिल्लाका ग्रामीण क्षेत्रमा जाने अधिकांश सडकहरु बन्द भएका हुन् ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update