Erani Mahal
अबिरल वर्षाले कालीगण्डकी नदीमा बनिरहेकाे पुलमा क्षति
putaar pul
पाल्पा - अबिरल वर्षासँगै कालीगण्डकी नदीमा बढेकाे पानीकाे बहाबले निर्माणाधीन पुलमा क्षति पुर्याएकाे छ । दुइ दिनदेखि परेकाे अबिरल वर्षाले पाल्पाको रामपुर-१, र तनहुँको घिरिङ-१, पुट्टार जोड्ने निर्माणाधिन कालीगण्डकी पुलमा क्षति गरेको हाे । अबिरल वर्षाले कालीगण्डकी नदीमा पानीकाे बहाब बढेकाले पुट्टार जोड्ने मोटरेवल पुलमा असर गरेको स्थानीय बासिन्दाकाे भनाइ छ । निर्माणाधिन पुलको बीचभागमा रहेको तेस्रो नम्बर पिल्लरको काम भइरहेको थियाे । निर्माण कम्पनी युनाइटेड विल्डर्स काठमाडौका इन्जिनियर यादब बस्यालले पुल निर्माणमा प्रयोग भएकाे डोजर, पानी तान्ने पम्प, सिमेन्ट, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री पानीले डुबाएकाे छ । नदीमा अझै पानीकाे बहाब बढे यी सामग्री समेत बगाउने निर्माण पक्षले जनाएकाे छ । २१० मिटर लम्बाई रहेको मोटरेबल पुल आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने गरी युनाइटेड विल्डर्स काठमाडौले आर्थिक वर्ष २०७४/०७५ मा निर्माण कार्य सुरु गरेको थियो । निर्माण कम्पनीले पुल निर्माणमा ढिला गरेकाे स्थानीय बासिन्दाकाे भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update