Erani Mahal
पाल्पाका चार दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीकाे कदमकाे बिराेध
dall
पाल्पा – पाल्पामा विपक्षी दलहरूले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बिरोध गरेका छन् । नेपाली कांग्रेस पाल्पा, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको असंवैधानिक कदमको बिरोध गरेका हुन् । उनीहरूले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटन र प्रधानमन्त्री नियुक्त गरेको भन्दै बिरोध जनाएका हुन् । चार दलद्वारा शुक्रबार जारी विज्ञप्तिमा कोरोनाको महामारीका बेला जनतालाई स्वास्थ्य सेवा दिनभन्दा अलोकतान्त्रिक र असंवैधानिक कार्यको घोर भत्र्सना गरिएको छ । उनीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको अलोकतान्त्रिक र असंवैधानिक कार्यका बिरुद्धमा उत्रिएर संसद पुनस्र्थापनामा संघर्षरत रहन आम पाल्पाली जनसमुदायलाई आग्रह गरेका छन् । विज्ञप्ति हेर्नुहाेस् :-
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update