Erani Mahal
पाल्पामा जेठ २४ गतेसम्म थपएिको निषेधाज्ञामा के गर्न पाइन्छ ?
आदेश_
पाल्पा- जिल्ला प्रशासन कार्यालय पाल्पाले थप ९ दिन निषेधाज्ञा थप गर्ने निणर्य गरेको छ । १५ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई ९ दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्मलाई लम्वाइएको पाल्पाको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निणर्य र सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा सबै खालका व्यपार व्यवसायहरु बन्द रहनेछन्, यस्तै सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, शैक्षिक संस्था बन्द रहने भएका छन् । खाध्यान्न, तरकारी पसल विहान दिनको एक पटक खुल्ने भएका छन्, औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने भएका हुन् । हेर्नुहोस्, पाल्पाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेश ः [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/05/आदेश_.pdf"]
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update