Erani Mahal
पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु
Death-from-corona
पाल्पा – पाल्पामा बिहीबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–२, सोमादीका ४९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै तानसेन–२, ६८ वर्षका एक जना कोरोना संक्रमित पुरुषको समेत मृत्यु भएको छ । तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा सञ्चालित आइसोलेसन सेन्टरमा ती पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । कोरोनाको दोस्रो लहरपछि पाल्पामा ४७ जनाको मृत्यु भईसकेको छ । यसमा पाल्पा जिल्लामा स्थायी घर भएपनि जिल्लाबाहिर उपचाररत कोरोना संक्रमितको मृत्यु उल्लेख गरिएको छैन । कोरोनाको पहिलो लहरको तुलनामा पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update