Erani Mahal
पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न तीन कराेड बजेट स्वीकृत
pALPA hOSPITAL
पाल्पा - पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत गरेकाे छ । अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको जनाएकाे छ । कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि आइसीयु र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले बजेट पठाएकाे हाे । पाल्पाली जनताको स्वास्थ्य सेवामा सहज पहुँचका लागि पाल्पा अस्पतालको सेवा प्रभावकारी बनाउन आबश्यक बजेट विनियोजन भएकाे प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले बताउनुभयाे । जिल्लामा कोरोना प्रभावितहरुका लागि आबश्यक उपचार कक्ष नहुँदा समस्या हुँदैं आएको छ । पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले आइसीयु कक्ष आबश्यक रहेको भनि मन्त्रालयमा माग गरेअनुसार बजेट विनियाेजन भएकाे बताउनुभयाे । । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अक्सिजन प्लान्ट निर्माणका लागि पाल्पा अस्पतालको मागका आधारमा १ करोड ५० लाख बजेट स्वीकृत भएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update