Erani Mahal
बिहीबार पाल्पामा ११५ जना काेराेना संक्रमित निकाे, १०८ जना थपिए
Corona_
पाल्पा – पाल्पामा बिहीबार थप ११५ जना कोरोना संक्रमित निको भएका छन् । पुरुष ६७ र महिला ४८ जना गरी ११५ जना कोरोना संक्रमित निको भएका हुन् । यस्तै बिहीबार १०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न स्थानमा पीसीआर र एजटिजीनको माध्यम्बाट गरिएको कोरोना परीक्षणमा १०८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८८ जना भएका छन् । सक्रिय संक्रमितमध्ये ६२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ हजार ३२६ जना घरमै रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update