Erani Mahal
लायन्स क्लबहरूद्वारा पाल्पाका अस्पताल र स्थानीय तहलाई अक्सिजन सिलिण्डर सहयाेग
ll
पाल्पा – लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बीटू एरिया–४, पाल्पा र एनआरएनए अफ्रिका तथा एनआरएनए डिआर काङ्गोेको सहयोगमा पाल्पा अस्पताल र स्थानीय तहहरूलाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर जिल्लास्थित लायन्स क्लबहरुको सहकार्यमा संकलन भएकाे २५२ सिलिण्डर रिफिल गरिएको हो । यस्तै एनआरएनए अफरिका तथा एनआरएनए डिआरसीओएनजिओको सहयोगमा रिफिल गरिएको १०० वटा अक्सिजन सिलिण्डर पाल्पा अस्पताललाई हस्तान्तरण गरिएको छ । काेराेना प्रभावित बिरामीकाे उपचार गर्न सहयाेग हाेस् भनेर पाल्पाका हरेक स्थानीय तहहरूलाई १५/१५ वटा अक्सिजन सिलिण्डर प्रदान गरिएको एरिया को चिफ शशी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै तानसेन नगरपालिकालाई ५० वटा, मिसन अस्पता र लुम्विनी मेडिकल कलेज प्रभासलाई ३०/३० वटा र पाल्पा अस्पतालाई १०७ वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको श्रेष्ठले बताउनुभयो । ‘हामी सेवा गर्छौं’ भन्ने मुलमन्त्र आत्मसात गर्दै स्थानीय तह र पाल्पाका अस्पतालहरूलाइ अक्सिजन सिलिण्डर रिफिल गरिएको लायन्स क्लब अफ पाल्पा माडीका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । कोरोनाको महामारीको बेलामा पनि विदेशबाट सहयोग गर्नुहुने कङ्गो एनआरएनएका अध्यक्ष लायन्स क्लब अफ स्टारका सदस्य अमृत क्षेत्री र एरिया चिफ लायन सन्दीप कसोधनलाई लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बीटू एरिया–४, पाल्पाले धन्यवाद ज्ञापन गरेको छ । अक्सिजन सहयोगका लागि लायन्स क्लब आफ पाल्पाका इनकमिङ् चिफ मोहन श्रेष्ठले संयोजन गर्नुभएकाे थियो । अक्सिजन हस्तान्तरण कार्यक्रम पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवर, पाल्पास्थित लायन्स क्लबका प्रमुख एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update