Erani Mahal
रामपुरमा कोभिड विरुद्धको दोस्रो खोप छुटेकलाइ १४ गते दिने
186544477_256101666270049_8601612317614557846_n (5)
पाल्पा -कोभिडविरुद्धको दोश्रो चरणको खोप लगाउन छुटेकालाई रामपुर नगरपालिकाले खोप लगाउने भएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाका अनुसार रामपुरका यस अघि प्राथमिकतामा परेका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंमसेविका, जनप्रतिनिधि, बित्तिय संस्थाका कर्मचारी, फोहोरमैलामा काम गर्ने कर्मचारी तथा एम्बुलेन्स चालकलाई यस्तो खोप दिइनेछ । स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जेठ १४ गते शुक्रबार रामपुर अस्पतालमा खोप दिइने जानकारी दिनुभएको छ । गत फागुन ११ गते अगाडी पहिलो चरणको खोप लगाएका व्यक्तिले मात्र दोस्रो चरणको खोप लगाउने हुदाँ अनिवार्य रुपमा पहिलो खोपको कार्ड लिएर आउनुहुन उहाँले आग्रह गर्नुभयो । मौज्दात रहेको खोप बिषयमा जिल्लामा भएको छलफलले लगाउने निर्णय गरेपछि दोश्रो चरणमा छुटेकालाई लगाउने भएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update