Erani Mahal
तानसेन नगरपालिकाद्वारा 'कृषि एम्बुलेन्स' सञ्चालन
ttt
पाल्पा – तानसेन नगरपालिकाले कृषि एम्बुलेन्समार्फत किसानको तरकारी उपभोक्तासम्म पु¥याउन थालेको छ । गत बैशाख १७ गतेदेखि निरन्तर जारी रहेको निषेधाज्ञाले कृषिजन्य बस्तु किसानको बारीमै कुहिने अवस्था आएपछि तानसेन नगरपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्तासम्म तरकारी पु¥याउन थालेको जनाएको छ । तरकारी उत्पादक किसान र कृषि सहकारी/समूहसँगको सहकार्यमा तानसेन नगरपालिकाले कृषि एम्बुलेन्समार्फत नगरभित्रका तरकारी उठाएको छ । निषेधाज्ञाले सहज रुपमा तरकारी ढुवानी गर्न सवारीसाधन नपाएको अवस्थमा कृषि एम्बुलेन्समार्फत बजारसम्म तरकारी ढुवानी गर्ने व्यवस्था गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । निषेधाज्ञा लामो लम्बिदा एकातिर तरकारी कुहिएर जाने अवस्था सिर्जना भएको छ, अर्कोतर्फ उपभोक्ताले महङ्गोमा तरकारी किन्न बाध्य भएको अवस्था देखेर कृषि एम्बुलेन्स चलाउने निर्णय गरेको नगरप्रमुख शाहीले बताउनुभयो । तरकारी उत्पादन गर्ने किसान र नगरबासीको माग अनुसार कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । नगरपालिकाले हाल चार वटा कृषि एम्बुलेन्समार्फत तानसेन बजारमा तरकारी ढुवानी एवं वितरण गर्दै आएको छ । नगरपालिकाले तरकारी ढुवानी, प्याकेजिङ् र सवारीसाधनमा लाग्ने खर्च बेहोर्ने भएपछि किसान समेत उत्साहित भएका छन् । निषेधाज्ञामा दुरी कायम गरेर र आवश्यक स्वास्थ्य सजगता अपनाउँदै कृषि एम्बुलेन्सले तानसेन बजारमा तरकारी वितरण गरिरहेको छ । कृषि एम्बुलेन्स सञ्चालनले सस्तोमा तरकारी पाएको भन्दै उपभोक्ताले समेत खुसी व्यक्त गरेका छन् । गत वर्ष पाल्पाका अधिकांश स्थानमा कृषि एम्बुलेन्स सञ्चालनमा आएका थिए । तर यो वर्ष भने लामो समयको निषेधाज्ञामा समेत कुनै पनि सङ्घसंस्थाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका छैनन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update