X
830
Shares

पाल्पा कोराेना अपडेट : १४५ थप, ७९ जना निकाे, २ काे मृत्यू

रानीमहल संवाददाता || ११ जेष्ठ २०७८,मंगलवार १५:३८

पाल्पा – पाल्पामा मंगलवार थप एकसय ४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार मंगलवार पिसिआरबाट १ सय १९ तथा एन्टिजेनबाट २६ जनामा कोरोना पुष्टि भएको हो ।

पन्थीका अनुसार माथागढीका ६, रामपुरका २०, पूर्वखोलाका २, रैनादेवी छहराका १९, रम्भाका ०, बगनासकालीका १५, तिनाउँका २०, रिब्दीकोटका ६, निस्दीका १, तानसेन नपा तथा अस्पतालहरु ५६ गरी कुल १ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलवार थप ७९ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताए अनुसार माथागढीका ३, रामपुरका २, पूर्वखोलाका १, रैनादेवी छहराका ७, रम्भाका २, बगनासकालीका ११, तिनाउँका ३, रिब्दीकोटका ३, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ४७ गरी ३७ महिला र ४२ पुरुष गरी कुल ७९ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् ।

अहिले पाल्पामा कुल १४३१ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो । यस्तै मंगलवार दुइ जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys